ईश्वरी - ईरा वृद्ध साधना आश्रम
परमहंश योग सेवा स्थापनाको प्रमुख उद्देश्य प्राप्तिका लागि अवलम्बन गरिने कार्यनीति कार्यान्वयन गर्दै जाने क्रममा एक वृद्ध साधना आश्रम संचालन गर्ने सदगुरुदेव समेतको इच्छालाई मनन गरी सदगुरुदेव परमहंश आचार्य योगिराज बालकृष्णानन्द "मुक्तबुद्ध" ज्यूबाट विधिवत दिक्षित शिष्य साधक दम्पत्ति स्व. काजि श्री ईश्वरीमान श्रेष्ठ तथा उहाँको धर्मपत्नि श्रीमती ईरा श्रेष्ठद्वारा वृद्ध साधना आश्रमको भौतिक पूर्वाधारको लागि आवश्यक भवन बनाइदिन गर्नुभएको योगदानको सम्मान तथा कदर गर्दै परमहंश योगसेवाको मातहत रहने गरी दाताहरुको नाममा ईश्वरी- ईरा वृद्ध साधना आश्रम संचालन गरी आश्रमको उद्देश्य र दाताहरुको स्मृति कायम रहने गरी वृद्ध साधना आश्रम संचालन गर्ने पवित्र लक्ष्य पुरा गर्न वृद्ध साधना आश्रम संचालन गरिएको छ ।
श्रोत छ तर साथी छैन, परिवार छोरा छोरी छन तर साथमा छैनन, चाहना छ तर साधना छैन यस्ता वृद्धवद्धाहरुको लागि जीवनको मूल्य मान्यताका साथ ध्यान, धारणा, आसन प्रणायम लगायत अनेक साधनाहरुद्वारा शारीरिक मानसिक तथा अध्यात्मिक रुपमा शान्त, आनन्द र पवित्रताले भरिपूर्ण जीवन जीउन दिने हाम्रो प्रमुख उद्देश्य हो । यो साधना आश्रम साँच्चै नै साधना गर्न लायकको शान्त, आनन्द, स्वच्छ हावा पानीले भरिपूर्ण अनेक रंगिविरंगी चराचुरुंगीहरुको निवास स्थलको रुपमा रहेको अति नै मनमोहक र रमणीय स्थानमा रहेको छ ।
- जीवनमा अनेक उकालो ओरालो चढेर झरेर थाकेकाहरुको बाँकी जीवन ज्ञान, आनन्द र साधनामय बनाएर बिताउन चाहनेहरुका लागि
- तनावपूर्ण जीवनबाट केही समय छुटकारा लिई आराम गर्न चाहनेहरुका लागि ।
- अति व्यस्त जीवनको वावजुद पनि केही समय निकालेर केही साधना सिक्न चाहनेहरुका लागि
- छोरा छोरी विदेश गई एक्लो परेका बाबु आमाहरुको लागि मन मिल्दो साथीहरूसँग आनन्द जीवन विताउन चाहनेहरुका लागि ।
- शान्त एकान्त स्थानमा वसी केही अध्ययन अनुसन्धान गर्न चाहनेहरुको लागि
- आत्मा परमात्मा, जीवन जगतको वारेमा गहिरो चिन्तन मनन, अध्ययन गर्न चाहनेहरुका लागि जति नै उपयुक्त स्थान हो यो ।
आवासीय साधकहरुको लागि शुल्क तथा अन्य व्यवस्था निम्न अनुसार हुनेछन :
१. शुल्क व्यवस्था
- मासिक एकल बेडको लीग - रु.१६.०००।
- मासिक डबल बेडको लागि - रु.३०,०००।-
- दिन गन्तिको हिसाबले बस्नेहरूको लागि प्रति दिन - रु.१,०००/-
- नोटः प्रवेश हुने समयमै आश्रममा बस्ने अबधीको शुल्क बुझाउनु पर्नेछ ।
विदेशीको लागि शुल्क ब्यवस्था
- मासिक एकल बेडको लीग - रु.३०,०००।-
- मासिक डबल बेडको लागि रु.५०,०००।-
- दिन गन्तिको हिसाबले बस्नेहरुको लागि प्रति दिन रु.२,०००।-
२. आश्रममा रहँदा ब्रम्हचर्यको नियम पुर्ण रूपमा पालना गर्नुपर्नेछ । महिला र पुरूष साधकहरूको लागी छुट्टा छुट्टै कोठाको व्यवस्था हुनेछ ।
३. खानाको व्यवस्था भोजन शुद्ध साकाहारी पौष्टिक हुनेछ ।
सम्पर्क व्यक्तिः
शुशिला श्रेष्ठ- ९८४३८६६५७३
मिलन के सी- ९८४११४४५६८