प्रकाशन

प्रकाशन

विगत तीन दशक देखि व्यक्ति, समाज र राष्ट्रको आध्यात्मिक जागृतिका लागि कार्यरत परमहंस योग सेवा संस्थाले समाजमा सनातन ज्ञानको जागरणको निम्ति नियमित रूपमा पत्रपत्रिका प्रकाशन गर्दै आईरहेको छ । यस आश्रमबाट चौमासिक रुपमा निस्किने पत्रिकामा प्राकृतिक उपचार, योग, शास्त्रिय मतहरुका बारेमा आलेख र विशेषत: सद्गुरुदेवबाट आध्यात्मिक जागरणका लागी प्रेरणादायी लेखबाट आगम-निगममा रहस्यपूर्ण ज्ञानहरूको उजागर भैरहेको छ।

साथै योग, ध्यान र विभिन्न साधनाहरुको सम्बन्धमा किताब पनि प्रकाशन भैसकेका छन् । नवदुर्गा साधन पद्धति, गुरुगीता, श्रीमदभगवद्गीता, दत्तात्रेय दर्पण, शुन्य चिदाकाश ध्यान, सूर्य गीता, परमहंस स्तोत्रमाला परमहंस योग साधना लगायत किताब यस आश्रमबाट प्रकाशित अमुल्य निधी हो ।

यस आश्रमबाट प्रकासित पुस्तक आश्रमका शाखाहरूमा उपलब्ध रहेको जानकारी गराइन्छ।