परमहंस आचार्य योगिराज सद्गुरुदेव बालकृष्णानन्द “मुक्तबुद्ध" ज्यूको संस्थापक संरक्षकत्वमा वि.सं. २०४६ सालमा परमहंस योगसेवाको स्थापना भइ ललितपुर म.न.पा. १० ज्वागलमा केन्द्रीय कार्यालय रहेको गैर नाफामूलक यस आध्यात्मिक संस्थाले ब्रह्मविद् परमगुरु स्वामी नारायण गिरी बाबाको असीम कृपा र इच्छा बमोजिम यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान तथा समाधिको साधनाद्वारा शारीरिक, मानसिक एबं भावनात्मक विकारहरू निवारण गरी मानवलाई आत्मज्ञान तथा ब्रह्मज्ञान दिँदै मानवभित्र भएको सृष्टिको रहस्यमय बाह्र चक्रको विज्ञान वोध गराउँदै क्रमयोगका साथै अतियोगद्वारा महामोक्ष (परमबोध) गराउने उद्देश्यका साथ यस आश्रमले उदारता, निष्पक्षता, धैर्यता र विनम्रता जस्ता गुणहरू फैलिएको ठाउँमा साँचो मानवताको दर्शन हुन्छ भन्ने मान्यतालाई स्थापित गर्दै, वैदिक सनातन धर्मद्वारा आध्यात्मिक ज्ञानका साथै जीवनयापनको विज्ञानको सम्बन्धमा मानिसहरूलाई विशुद्ध सेवा प्रदान गर्न बिभिन्न प्रकारका गतिविधिहरु गर्दै आएको छ ।