ज्योतिष परामर्श

ज्योतिष परामर्श

बेदको चक्षुको रूपमा व्याख्या गरिएको ज्योतिष विद्याको उपयोगीताको सम्बन्धमा हाम्रा अनगिन्ती शास्त्रहरूमा उल्लेख भएको पाइन्छ I शास्त्रोक्त बिधिपूर्वक गुरु परम्परामा रहेर साधनारत साधकले मात्र ज्योतिष विद्याको उपयोग गरेर सामान्यजनको अनगिन्ती समस्याहरूको समाधान गर्न सक्षम हुन्छ।

पारिवारिक, सामाजिक, आर्थिक तथा स्वास्थजन्य समस्याहरू पहिचान गरेर त्यसबाट छुटकारा पाउनको लागि हाम्रा ऋषीमुनीहरूले अनेकन ज्योतिषिय पद्धतिहरु निर्माण गरेका छन् । वैदिक पराशरी ज्योतिष, लालकिताब, केपी लगायत विभिन्न सिद्धान्तहरुको प्रयोग गरेर राशी, ग्रह तथा नक्षेत्रहरूको स्थितिको आधारमा यस संस्थामा आवद्द साधकसाधिकाहरूले ज्योतिषिय परामर्श उपलब्ध गराउँदै आउनु भैरहेको छ।

बिभिन्न ज्योतिषिय योगहरुले निम्त्याउने समस्याहरूको समाधनार्थ ग्रहशान्ती पूजा, उपासना र साधनाहरू पनि नियमित रूपमा सञ्चालन भैरहेको छ ज्योतिषिय परामर्श गर्न चाहनुहुने व्यक्तिहरूले यस संस्थामा कोन, समाजिक सञ्जाल तथा अन्य माध्ययम बाट पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

विशेषज्ञ ज्योतिषज्यूहरूबाट जन्म कुण्डली हेरि आवश्यक सल्लाह र सुझाव दिइनुका साथै यस संस्थाबाट संचालन हुने ग्रहशान्ति पूजा लगायत आवश्यक सबै प्रकारको परामर्श सेवा उपलब्ध गराइँदै आएको छ ।