परमहंस योग सेवा आश्रमका विभिन्न शाखाहरूमा नियमित रूपमा दैनिक योगासन तथा रोगानुसारका विशेष योगासन प्रशिक्षण कार्यक्रम संचालन भइरहेका छन्। ध्यान तथा विशेष साधना शिविरहरू विशेष मुहूर्त, तिथि र पर्वहरू लक्षित गरी नयाँ र पुराना साधकहरूको लागि छुट्टा-छुट्टै संचालन भइरहेको छ।
सुमिरण ध्यान, कला ध्यान, लययोग, क्रमयोग र अतियोग लगायतका साधना सम्बन्धमा कक्षा तथा शिविरहरु संचालन भैरहेको छ। सनातन समय देखि नै शक्ति उपासनामा अग्रणी रहेको नेपाली समाजको पहिचानलाई आत्मसात गर्दै प्रत्येक वर्ष नवरात्रीको विशेष साधना हुनेगर्दछ। अन्य पर्व तथा मुहुर्तहरु जस्तै; श्रीपंचमी, होली, रामनवमीमा पनि साधकसाधिकाहरुले गुरु परम्परा अनुसार अनुष्ठानहरु गर्दै आईरहनुभएको छ। समय समयमा हाम्रा आश्रम शाखा बाहेकका खुला मैदान, स्कूल प्राङ्गण एवं खुला स्थानमा निःशुल्क योग शिविरहरू संचालन हुने गरेका छन्।