प्रत्येक व्यक्तिको आफ्नै कुण्डलीमा रहेका ग्रहहरुको स्थान र ती ग्रहहरुको सम्बन्धबाट जीवन पद्धति परिचालित हुन्छ । राहु र केतुको बीचमा ग्रहहरु बन्दी हुन गएमा ती ग्रहहरुले आफ्नो कार्यसुचारु रुपले सञ्चालन गर्न नपाउँदा शुभ फल दिन सक्दैनन् । दुवैतिर बाटो थुनेर रहेका राहु र केतुसँग ती ग्रहहरुको द्वन्द चलिरहन्छ । जसले गर्दा व्यक्तिलाई नकारात्मक फल प्राप्त हुने हुन्छ । यस्तो अवस्थामा धन कमाउन नसक्ने, कमाएको बचत नहुने, अनावश्यक ठाउँमा धन खर्च हुने, रोगव्याधि लाग्ने, शत्रु लाग्ने, परिवारमा झैँ–झगडा भईरहने, विद्यार्थीहरुले जाँचमा राम्रो गर्न नसक्ने, राम्रो जागिर नपाउने, पाईहालेमा बढुवा नहुने, सधैँ अशान्ति, खिन्न र उदेकलाग्दो अवस्थामा रहने, एक्लो भएको महसुस हुने, हिनताबोध बढ्न जाने हुन्छ।
नआत्तिनुहोस्, हरेक अप्ठ्यारो परिस्थितिहरुबाट छुटकारा पाउने उपाय छन् । यस्ता समस्याहरुबाट दुःख पाउनुभएको भए विगत लामो समयदेखि हामीले विधिवत रुपमा ग्रहशान्ति पूजा गराउँदै आएका छौं । हजुरहरू आफू वा आफ्ना परिवार तथा छिमेकमा ग्रहदशाको कारणले दुःख पाउनुभएको भए उहाँहरुलाई ग्रहशान्ति पूजामा सहभागी भई लाभ लिन सक्नुहुनेछ ।