आवास सुविधा सहितको साधना

आवास सुविधा सहितको साधना

चन्द्रागिरि पर्वतको काखमा थानकोट, माटिखेल अवस्थित परमहंस योग सेवा आश्रमले विशेष साधना गर्न चाहने साधकहरूका लागि आवास सुविधा सहितको अन्य सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको छ । गुरु परम्परामा साधनारत रहेर आध्यात्मिक उन्नति र प्रगति गर्न चाहने जोकोहीले पनि तोकिएको न्यूनतम शुल्क तिरेर यस सुविधाको उपभोग गर्न सक्नुहुनेछ।

तनाव पूर्ण दैनिक कार्यतालिका लाई विश्राम दिई प्रकृतिको एकदमै समीपमा रहेर थानकोट स्थित यस आश्रममा शारीरिक र मानसिक ऊर्जाको जागरण गर्न सक्नुहुनेछ । योग, सात्विक भोजन र आध्यात्मिक चर्चा परिचर्चामा सामेल भएर जीवन र जगतलाई अलग कोणबाट बुझ्न हाम्रो आवासीय सेवाबाट विशेष लाभ लिन सक्नुहुनेछ।

तेलकोट स्थित जालपादेवी मन्दिरमा अवस्थित आश्रममा पनि आवासीय सुविधा उपभोग गर्न सकिन्छ । विशेष शिविर तथा कार्यक्रममा तेलकोटमा आवासीय सुविधाको उपभोग गर्न सकिने र नियमित रूपमा भने थानकोट स्थित आश्रममा यो सुविधा उपलब्ध रहेको छ।

थानकोटमा एकै पटकमा ४० जनालाई आवास सुविधा सहितको - ३ दिने, ७ दिने र १ महिनाको साधना - (योग तथा ध्यान) मा सहभागी गराउन सक्ने क्षमता हामी संग रहेको छ । जसमा सहभागी हुनेले तोकिएको न्यूनतम शुल्क तिर्नु पर्दछ भने केही सिट विपन्न वर्गका लागि निःशुल्क प्रवेशको समेत व्यवस्था गर्ने गरिएको छ।