ईश्वरी - ईरा वृद्ध साधना आश्रम

ईश्वरी - ईरा वृद्ध साधना आश्रम

परमहंश योग सेवा स्थापनाको प्रमुख उद्देश्य प्राप्तिका लागि अवलम्बन गरिने कार्यनीति कार्यान्वयन गर्दै जाने क्रममा एक वृद्ध साधना आश्रम संचालन गर्ने सदगुरुदेव समेतको इच्छालाई मनन गरी सदगुरुदेव परमहंश आचार्य योगिराज बालकृष्णानन्द "मुक्तबुद्ध" ज्यूबाट विधिवत दिक्षित शिष्य साधक दम्पत्ति स्व. काजि श्री ईश्वरीमान श्रेष्ठ तथा उहाँको धर्मपत्नि श्रीमती ईरा श्रेष्ठद्वारा वृद्ध साधना आश्रमको भौतिक पूर्वाधारको लागि आवश्यक भवन बनाइदिन गर्नुभएको योगदानको सम्मान तथा कदर गर्दै परमहंश योगसेवाको मातहत रहने गरी दाताहरुको नाममा ईश्वरी- ईरा वृद्ध साधना आश्रम संचालन गरी आश्रमको उद्देश्य र दाताहरुको स्मृति कायम रहने गरी वृद्ध साधना आश्रम संचालन गर्ने पवित्र लक्ष्य पुरा गर्न वृद्ध साधना आश्रम संचालन गरिएको छ ।

श्रोत छ तर साथी छैन, परिवार छोरा छोरी छन तर साथमा छैनन, चाहना छ तर साधना छैन यस्ता वृद्धवद्धाहरुको लागि जीवनको मूल्य मान्यताका साथ ध्यान, धारणा, आसन प्रणायम लगायत अनेक साधनाहरुद्वारा शारीरिक मानसिक तथा अध्यात्मिक रुपमा शान्त, आनन्द र पवित्रताले भरिपूर्ण जीवन जीउन दिने हाम्रो प्रमुख उद्देश्य हो । यो साधना आश्रम साँच्चै नै साधना गर्न लायकको शान्त, आनन्द, स्वच्छ हावा पानीले भरिपूर्ण अनेक रंगिविरंगी चराचुरुंगीहरुको निवास स्थलको रुपमा रहेको अति नै मनमोहक र रमणीय स्थानमा रहेको छ ।


  • जीवनमा अनेक उकालो ओरालो चढेर झरेर थाकेकाहरुको बाँकी जीवन ज्ञान, आनन्द र साधनामय बनाएर बिताउन चाहनेहरुका लागि
  • तनावपूर्ण जीवनबाट केही समय छुटकारा लिई आराम गर्न चाहनेहरुका लागि ।
  • अति व्यस्त जीवनको वावजुद पनि केही समय निकालेर केही साधना सिक्न चाहनेहरुका लागि
  • छोरा छोरी विदेश गई एक्लो परेका बाबु आमाहरुको लागि मन मिल्दो साथीहरूसँग आनन्द जीवन विताउन चाहनेहरुका लागि ।
  • शान्त एकान्त स्थानमा वसी केही अध्ययन अनुसन्धान गर्न चाहनेहरुको लागि
  • आत्मा परमात्मा, जीवन जगतको वारेमा गहिरो चिन्तन मनन, अध्ययन गर्न चाहनेहरुका लागि जति नै उपयुक्त स्थान हो यो ।

वृद्ध साधना आश्रम सञ्चालन :

सद्गुरूदेवबाट दीक्षा लिएका र ५० वर्ष उमेर पुगेका साधकहरूको लागि खान र बस्नको उचित प्रवन्ध भएको ईश्वरी ईरा बृद्ध साधना आश्रम संचालनमा रहेको र जम्मा एकै पटक २५ जना सम्म सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ । उक्त साधना आश्रममा निश्चित कार्यतालिका बमोजिमका कृयाकलाप संचालन हुनुका साथै स्वैच्छिक आश्रमको सेवा गर्न चाहनेहरूका लागि समेत कार्यक्रम समावेश गरिएको छ ।

आवासीय साधकहरुको लागि शुल्क तथा अन्य व्यवस्था निम्न अनुसार हुनेछन :

१. शुल्क व्यवस्था

ईश्वरी - ईरा वृद्ध साधना आश्रम संचालनका लागि गठन भएको बोर्डले तोकेको सहयोग शुल्क तिरी केही दिन वा महिनावारी हिसाबमा बस्ने व्यवस्था मिलाइएको छ । सो शुल्क समयानुसार परिवर्तन हुने भएकोले अद्यावधिक जानकारी साधना आश्रममा सम्पर्क गरि बुझ्न सकिनेछ ।

नोटः प्रवेश हुने समयमै आश्रममा बस्ने अबधीको शुल्क बुझाउनु पर्नेछ ।


२. आश्रममा रहँदा ब्रम्हचर्यको नियम पुर्ण रूपमा पालना गर्नुपर्नेछ । महिला र पुरूष साधकहरूको लागी छुट्टा छुट्टै कोठाको व्यवस्था हुनेछ ।
३. खानाको व्यवस्था भोजन शुद्ध साकाहारी पौष्टिक हुनेछ ।
विहान
उठ्ने समय - ५ बजे
नित्य कर्म - ६.३० बजे
जडीवुटी चिया - ६.३० बजे
आसन, प्रणायम, ध्यान - ७-८ बजेसम्म
नास्ता मेनु अनुसार
विहान खाना ११ बजे सम्म
(दाल, भात, मौसम अनुसारको तरकारी र अचार)
दिउँसो
दिउँसो २ - ३ बजेसम्म साधना सिक्न चाहनेले सम्पर्क गर्न सकिनेछ ।
खाजा ३-४ बजेसम्म
साँझ :
संयुक्त आरती ६ - ७ बजे सम्म तथा पाठ, ध्यान, आदि
रातको खाना - ७:३०-८ : ३० सम्म
(रोटी या भात, दाल मौसम अनुसारको तरकारी, र अचार)
(पछिको समय आफुखुशी साधकहरुले चाहेमा आफुखुशी कोठामा साकाहारी खान सक्नेछन )
४. सामानको व्यवस्था :
क) आश्रममा बस्ने साधकको लागि पलंग, दराज, ओढ्ने, ओछ्याउने व्यवस्था गराईने छ ।
ख) दन्त मन्जन, नुहाउने साबुन, स्याम्पु आदिको पनि आफैले व्यवस्था गर्नु पर्नेछ ।
ग) कपडा धुने ब्यवस्था आश्रम बाट हुने छ सो बापतको खर्च स्वयमले ब्यहोर्नु पर्नेछ ।
५. स्वास्थ्य व्यवस्था :
क) आश्रममा प्रवेश गर्दा आफ्नो स्वास्थ्य सम्बन्धी पूरा विवरण दिनु पर्नेछ ।
ख) आश्रममा समय समयमा स्वास्थ्य परीक्षण व्यवस्था मिलाइनेछ ।
ग) सामान्य रोगहरुको (रुघा खोकी, ज्वरो, पखाला) उपचार आश्रमको प्राकृतिक उपचारबाट गराइने छ ।
घ) दीर्घ रोगको हकमा आफैले उपचार खर्चको व्यवस्था गर्नु पर्नेछ । दीर्घ रोग भन्नाले मधुमेह, रक्तचाप, दम र युरिक एसिड आदि ।
६. अन्य :
क. आश्रमबाट बाहिर जाँदा आश्रमको स्वीकृति लिएर मात्र जानु पर्नेछ।
ख. आश्रममा रहँदा बस्दा एक अर्कामा सौहार्द र शान्तिपूर्ण रुपमा रहनु पर्दछ अर्थात आफू आत्मा भावमा रहेर सबैसँग आत्मीय व्यवहार गर्नु पर्नेछ।
ग. आफ्नो लवाई खवाईमा सादा जीवन उच्च विचारको सिद्धान्तमा रहनु पर्नेछ ।
घ. आफूसँग भएको शिप आश्रममा प्रयोग गर्न सकिनेछ अर्थात आफ्नो क्षमता अनुसार आश्रममा सेवा गर्न सकिनेछ।
ङ आवासीय साधकहरुले आश्रमको इन्चार्ज मार्फत आफ्नो सहयोग र सुझाव या सिकायत गर्न चाहेमा ढोका सँधै खुल्लै रहनेछ।
च. आश्रममा रहदा आश्रमका नियम पूर्ण रुपमा पालना गर्नु पर्नेछ, अन्यथा हुन गएमा आश्रमबाट निस्काशन गर्न सकिनेछ । यस्तो अवस्थामा निजले भुक्तान गरे को बाँकि रकम निजलाई फिर्ता दिन आश्रम बाध्य हुने छैन।
छ. आफ्नो कोठा आफै सफा सुग्घर राख्नु पर्नेछ।
ज. वृद्ध वृद्धा प्रवेश गर्दा निश्चित फारम भराई अभिलेख राखिने छ।
झ साधक साधिकालाई निर्देशन र योगसेवाको विधिविधान अनुसार प्रत्येक दिन बिहान, दिउंसो र बेलुका साधना गराईने छ।
ञ. आवसीय साधक साधिकाले योगसेवाको नियम विरुद्ध कार्य गरेमा तत्काल हटाईने छ।
ट. साधक साधिका साधना आश्रमबाट भागेर गएमा वा बेपत्ता भएमा निजको अभिभावक र साक्षीलाई खवर गरी प्रचलित कानुन अनुसार नजिकको प्रहरीमा खबर गरि नियम अनुसार कारवाही अगाडी बढाइने छ।
यसरी भागेर र बेपत्ता साधक साधिकाले जम्मा गरेको बांकी रकम फिर्ता गर्न आश्रम बाध्य हुनेछैन् ।
७. उपलब्ध सेवा सुविधाहरु :
क. आवश्यकता अनुसार अक्युप्रेसर, मालिस, एवम् थेरापीहरु प्रदान गर्न सकिनेछ ।
८. पेश गर्नु पर्ने कागजातहरु :
क. आफुले खाईराखेको औषधीहरुको विवरण (prescription) पेश गर्नु पर्नेछ ।
ख. विदेशी आवेदकको हकमा सनातन हिन्दु धर्म सम्बन्धी जिज्ञासा भएको र आवेदकलाई नेपाली, संस्कृत र हिन्दी भाषाको सामान्य ज्ञान भएको प्रस्ट पार्नु पर्नेछ।
ग. आवेदक, अभिभावक र साक्षीले नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी आवेदन फारम साथ पेश गर्नु पर्ने छ।
घ. आर्थिक श्रोतको विवरण पेश गर्नु पर्नेछ।