१६ वर्ष उमेर पुगेका इच्छुक नेपाली नागरिकहरूले रीत पूर्वकको निवेदन तथा तोकिएको शुल्क तिरी संस्थाको सदस्यता लीन सक्ने व्यवस्था गरिएको छ । संस्थाको सदस्यताका प्रकारहरू साधारण सदस्य,आजीवन सदस्य, विशिष्ट सदस्, श्रेयस्कर सदस्य, मानार्थ सदस्य रहेका छन्।
सदस्यको योग्यता - उमेर १६ वर्ष पुगेका स्वस्थ व्यक्ति योग्य हुनेछन्।
सदस्यको प्रकार - देहाय बमोजिम हुने छन् :-
क) साधारण सदस्य
ख) आजीवन सदस्य
ग) विशिष्ट सदस्य
घ) श्रेयस्कर सदस्य
ङ) मानार्थ सदस्य
क) न्युनतम प्रवेश शुल्क र तोकिएको वार्षिक शुल्क तिरि संस्थाको निर्देशन अनुसार केही वर्ष साधनामा लागेका साधकलाई साधारण सदस्यता प्रदान गर्न सकिने छ।
ख) तोकिएको शुल्क एक मुष्ट तिर्ने साधकलाई आजीवन सदस्यता दिन सकिने छ।
ग) योग सेवाको चौतर्फी विकास र विस्तार गर्न तोकिएको शुल्क वा सो भन्दा बढी नगद वा जिन्सी उपलब्ध गराउने व्यक्तिलाई विशिष्ट सदस्य प्रदान गरिनेछ।
घ) योग सेवाको विकास एवं उन्नतिको लागि तोकिएको शुल्क वा सो भन्दा बढी नगद वा जिन्सी उपलब्ध गराउने व्यक्तिलाई श्रेयस्कर सदस्यता प्रदान गरिनेछ।
ङ) योग सेवाको हित, उत्थान, तथा उन्नतिको लागि गहन योगदान दिने व्यक्तिलाई मानार्थ सदस्यता प्रदान गर्न सकिनेछ।
क) सदस्यता नवीकरण नगरेमा।
ख) योग सेवाको उद्देश्य विपरीत आचरण गरेमा।
ग) बैठकमा लगातार विना सूचना ३ (तीन) पटक सम्म अनुपस्थित भएमा।
घ) योग सेवाको सम्पत्ति हिनामिना गरेमा।