प्राकृतिक चिकित्सा

प्राकृतिक चिकित्सा

२१ औ शताब्दीको आधुनिक भागदौडपूर्ण युगमा हरेक व्यक्ति कुनै न कुनै रोग संग लडिरहेको आजको धुर्ब सत्य हो। अहिलेको समयमा अधिकांश व्यक्तिहरू जिवनशैली जन्य रोगको शिकार भैरहको र यसबाट उम्किनको लागि अनेकौं अनुसन्धानहरु वैज्ञानिक जगतमा भैरहेको छ। आधुनिक वैज्ञानिक उपलब्धीका लागी बर्षोको मिहेनत चाहिने र त्यसले पनि तत्कालिक समस्या समाधानको लागी सटिक जवाफ दिन नसकिरहेको अवस्थामा सनातन परम्परामा उपलब्ध उपचार पद्धतीहरुको प्रयोग गरेर रोगहरुको निदान गर्न सकिने थुप्रै उदाहरण हामीमाझ उपलब्ध छ । दिर्घकालिन रोगहरू जस्तै :- हाईपरटेन्सन, मधुमेह, हार्मोनल समस्याहरुमा 'प्राकृतिक उपचार पद्धती' अत्यन्त सहयोगी रहेको सर्वविधितै छ । यस्ता रोगहरूलाई प्राकृतिक तथा आयुर्वेदिक उपचार, एक्युप्रेसर, योग आसनहरू, प्राणायाम, मन्त्रहरू र ध्यान योगको प्रयोगले सन्तुलनमा राखी सुखी जीवनयापन गर्न सकिन्छ ।

शारीरिक, मानसिक र दैविक रोगहरुको उपचारमा प्राकृतिक उपचार पद्धति आधुनिक उपचार पद्धति सँग पनि सहायक सिद्ध रहेको पाईएकाले यस परमहंस योग सेवाले विभिन्न समस्याहरूमा परामर्श दिनुका साथै उचित उपचार पद्धतिको छनौर गरी परम्परागत पद्धतिबाट उपचारमा सहयोग गर्दै आईरहेको छ ।

अन्य चिकित्सा विधिबाट उपचार गर्दा निरास वा रोग निको नभइ हैरान भएका बिरामीहरूका लागि यस संस्थाका संरक्षक सदगुरूदेव को विशेष परामर्श तथा रेखदेखमा दक्ष चिकित्सकहरूद्वारा प्राकृतिक चिकित्साका आधुनिक र प्राचिनतम अनेक विधिहरू जस्तै, माटो, पानी, एक्यूप्रेसर, भाइब्रेटर, योगासन, प्राणायाम, ध्यान, पूजा आदि विधिहरूबाट उपचार गर्ने गरिएकोमा हाल महामारी पछिको समयका लागि स्थगित गरिएकाले निकट भविष्यमा पुनः सेवा सुचारु गर्ने कार्यक्रम रहेको छ ।