परमहंस योग सेवा आश्रमको हाल काठमाडौका चार स्थानमा नियमित रूपमा प्रवचन सञ्चालन भैरहेको छ । यस संस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरू रहेका स्थानहरू ज्वागल, थानकोट, तेलकोट र सैँबु भैसेपाटीमा सद्गुरुदेव परमहंस आचार्य योगिराज बालकृष्णानन्द ‘मुक्तबुद्ध’ज्यूद्वारा हरेक शनिवार नियमित रूपमा सबै शाखामा पालैपालो सत्सङ्ग हुने गर्दछ ।
आगम-निगमका शास्त्रहरूको गुढ रहस्य, वेदान्तको यर्थाथ ज्ञान र सनातन ब्रहम तत्त्वको बास्तविक व्याख्या हुँदै आईरहेको यस कार्यक्रमबाट हजारौं व्यक्तिहरूले लाभ लिईसक्नुभएको छ । अध्यात्म मुमुक्षुहरुले विगत तीन दशक भन्दा बढी समय देखि यस ब्रह्मसत्संगको श्रवण, मनन तथा निधिध्यासन गर्दै आईरहनु भएको छ । कार्यक्रममा प्रत्येक जिज्ञासु भक्तजनका अध्यात्म विषयमा मनमा लागेका हरेक यक्ष प्रश्नहरूको प्रवचनका माध्यमबाटै जबाफ पाउन सकिने कुरा यस सत्सँग कार्यक्रममा नियमित उपस्थित रहने भक्तजनहरूको अनुभव रहेको छ ।
सद्गुरुदेव परमहंस आचार्य योगिराज बालकृष्णानन्द मुक्तबुद्धज्यूबाट ज्ञान, बिज्ञान, अतियोग साथै राजयोग, लययोग, हठयोग, अष्टाअंग योग, क्रियायोग आदि उच्चस्तरिय साधनाका सम्बन्धमा सैदान्तिक, व्यवहारिक र क्रियात्मक पक्षका बारेमा विशारद चर्चा, परिचर्चा तथा प्रवचन हुन्छ । सद्गुरुदेवबाट धर्ममा व्याप्त भ्रमहरुलाई चिर्दै सम्प्रदाय भन्दा माथी उठेर कौलधर्मको अनुशीलन गर्न साधकहरुलाई उत्प्रेरणा दिंदै आईरहनु भएकोको छ । यस सत्संग कार्यक्रमले अन्त:करणको शुद्दी गरेर मानव जीवनलाई रत्नमय बनाउन विशेष योगदान दिंदै आईरहेको अनुभव समस्त भक्तजनहरुको छ ।
भजन तथा किर्तनबाट सुरू भएर सद्गुरुदेवको प्रवचन तथा अन्त्यमा आरति र प्रसाद वितरण गरेर कार्यक्रमको समापन हुनेगरेको छ । प्रवचन हुने स्थान र समयको बारे आश्रमको सामाजिक संजालको आधिकारिक पेजमा नियमित रुपमा जानकारी गराईन्छ ।