श्री दत्तात्रेय मूर्तिस्थापना

#
#

श्री दत्तात्रेय मूर्तिस्थापना २०६३

परम पूज्य सद्गुरूदेव परमहंस योगीराज स्वामी बालकृष्णानन्द "मुक्तबुद्ध" ज्यूको असीम कृपाले बि. सं २०६३ साल फागुन शुल्क पक्ष त्रयोदशीका (१७ गते) दिन भगवान् दत्तात्रयको तीन मूखी सात फिट अग्लो धातुको मूर्ति ज्वालपादेवीको नगरकोट गा.वि.स. वडा १ तेलकोट, (भक्तपुर जिल्ला) मन्दिर परिसरमा बिधिपूर्वक स्थापना भएको थियो । परमहंस योग सेवाका संस्थापक संरक्षक परमहंस आचार्य योगिराज बालकृष्णानन्द "मुक्तबुद्ध" ज्युको परिकल्पना बमोजिम परमहंस योगसेवाका तात्कालीन कार्य समिति पदाधिकारी, दत्तात्रेय मूर्ति स्थापना तथा व्यवस्थापन समिति र साधकगणको प्रयासमा जिन्सीको रुपमा तामा धातु संकलन गरिएको र नपुग जति धर्मावलम्बी भक्तजन र साधकगणबाट नगद संकलन गरी ७ क्विन्टल तौल र ६ फिट उचाईको तामा धातुको गुरु दत्तात्रेय भगवानको विशाल मूर्ति हयग्रिव ह्याण्डिक्राफ्टसका प्रमुख विश्व प्रसिद्ध मूर्तिकार लूंखुसी - सिंचाहिटी, सुन्धारा निवासी श्री राजेश अवालेज्यूले आफ्नै कारखानामा आफ्नै श्रम र सीपको प्रयोग गरी निःशुल्क रुपमा तयार गरिदिनु भएको हो ।

मूर्ति निर्माणको कार्यमा हयग्रिव ह्याण्डिक्राफ्टसमा कार्यरत श्री अवालेज्यूका सहयोगीहरु, कर्मचारीहरु र कामदारहरुले समेत मूर्ति निर्माण गर्न अतुलनीय सहयोग पुर्याउनु भएको थियो । यस परमहंस योग सेवा दिव्यधाम, जालपादेवी सिद्ध पीठ, नगरकोट भक्तपुर मा स्थापित दत्तात्रेय मूर्ति निर्माण र स्थापनाको निमित्त नगद सहयोग गर्नु हुने महानुभावहरु मध्ये रु ३०००/- र सो भन्दा माथि आर्थिक सहयोग गर्नु हुने दाता महानुभावहरुको नाम ठेगाना परमहंस योग् विध्या २०६७ माघ अंकमा बृस्तृित विवरण उल्लेख गरिएको छ ।