उच्च ज्ञानयोग प्रशिक्षण २०६५

#
#

उच्च ज्ञानयोग प्रशिक्षण २०६५

योगसेवा द्वारा पहिलो चरणमा प्रदान गरिएको 'प्रारम्भिक ज्ञानयोग' विषयक प्रशिक्षाण प्राप्त गरी दोस्रो चरणको 'उच्च ज्ञान योग' विषयक प्रशिक्षणका लागि प्रतिक्षारत साधक महानु भावहरुको विशेष अनुरोध र योगसेवाको वार्षिक कार्यक्रम अनुसार उच्चज्ञान योगको प्ररिक्षण संचालन गर्न सद्गुरुदेव सँग प्रस्ताव गर्दा २०६५ माघ ५ गते देखि ३ हप्ता सो तालीम संचालन गर्ने निर्देशन भए बमोजिम उक्त मिति देखि उपरोक्त तालीम संचालन गरियो ।

सद्गुरुदेवबाट पानसमा दीप प्रज्लन गरी समुद्घाटन भएको सो प्रशिक्षणमा सद्गुरुदेवबाट दिव्यज्ञान योग, पं श्री कृष्णप्रसाद सत्यालबाट अध्यात्म विज्ञान, श्री देवप्रसाद पौडिलवाट वेदान्त सार, श्री निर्मला कायस्थबाट अस्टाङ्ग योग, श्री कविराज वस्नेतवाट योगासन तथा अकुप्रेसार चिकित्सा वारेमा कक्षाहरु संचालन गरिएका थियो । शनिवार वाहेक प्रत्येक दिन अढाई घण्टा देखि ३ घण्टा सम्म २ जना प्रशिक्षकहरुले प्रशिक्षण दिनु भएको र ३३ जना प्रशिक्षार्थीहरुले सो प्ररिक्षणमा भाग लिनु भएको थियो । स्मरण रहोस् न्यूजील्याण्ड, अकल्याण्ड निवासी ४ जना नेपालीहरु समेत सहभागी हुनु भएको उक्त प्रशिक्षणको संयोजन प्रवन्ध निर्देशक श्री अचयुतप्रसाद शर्माले गर्नु भएको थियो ।