पर्वातारोही श्री लाक्पा शेर्पालाई सम्मान २०६७

#
#

पर्वातारोही श्री लाक्पा शेर्पालाई सम्मान २०६७

सत्य धर्मको पालन, संरक्षण तथा सम्वर्द्धन गर्दै मानव मात्रको शारीरिक, मानसिक तथा आध्यात्मिक विकास गरी सम्पूर्ण मानवको शान्ति एवं कल्याणार्थ कार्य गरिरहेको परमहंस योग सेवाको विशेष झण्डा २०६७ साल जेष्ठ ३ गते सोमबार (17th May 2010) का दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराईयो ।

बहुचर्चित सच्चिदानन्द भजन, परमहंस योग सेवाको लोगो तथा योग सेवाका संस्थापक/संरक्षक स्वामी बालकृष्णानन्द "“मुक्तबुद्ध”ज्यूको तस्विर समेत अंकित गरिएको उक्त विशेष झण्डा हाल काठमाण्डौ चावहिल निवासी श्री लाक्पा शेर्पाद्वारा फहराईएको हो ।

गौरवपूर्ण इतिहास रच्ने र पराक्रमी कार्य गर्ने व्यक्तित्वहरुको उत्साहवर्द्धनको लागि सम्मान गर्ने परम्परा अनुसार श्री लाक्पा शेर्पालाई परमहंस योग सेवा दिव्य सत्संगधाम, रामनगर सुन्दरीघाट, ल. पु. ३ मा मिति २०६७/०३/१२ शनिवारका दिन भव्य समारोहका विच सम्मान गरियो । योग सेवाका संस्थापक/संरक्षक योगिराज स्वामी बालकृष्णानन्द “मुक्तबुद्ध”ज्यूले सम्मान-पत्र सहित दोसल्ला ओढाई कदर गर्नु भयो ।

विश्वमा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा विश्वकै निमित्त गौरवपूर्ण कार्य गरिरहेको परमहंस योग सेवाको अध्यात्मपूर्ण विशेष झण्डा फहराउन पाएकोमा आफूलाई अत्यन्त उत्साह, शान्ति र आनन्द प्राप्त भएको अनुभव व्यक्त गर्दै आरोही श्री शेर्पाले यस्तै कार्यहरु गरिरहने वचनवद्धता प्रकट गर्नु भयो ।