महाकौलाभिषेक २०७५
परमहंस योगिराज आचार्य बालकृष्णानन्द 'मुक्तबुद्ध' ज्यूबाट समस्त भक्तजनहरु उद्धारको लागि २०७५ साल बैशाख ५ देखि ७ गतेसम्म ३ दिने महाकौलाभिषेक तपोभूमि थानकोट स्थित परमहंस योग सेवाको परिसरमा सम्पन्न भयो । साधक साधिकाहरुलाई उद्धार होस् र गुप्तभन्दा गुप्त विषयको योग मार्गमा अघि बढ्न अधिकार प्राप्त हेतु यस महाकौलाभिषेक आयोजना गरिएको थियो । उक्त कार्यक्रमा ३१४ जना साधक साधिकाहरु सहभागी हुनु भएको थियो ।