शाक्तकौलाभिषेक २०७३

#
#

शाक्तकौलाभिषेक २०७३

धर्म-अर्थ-काम-मोक्ष चारै पुरुषार्थ सिद्धिको लागि उच्च कोटिको सफलता महात्रिपुरसुन्दरीको साधनको विधान शास्त्रमा उल्लेख पाइन्छ। यस साधन अनेकौं जन्मको पूण्यको फलस्वरुप प्राप्त भएर मात्र गर्न पाइन्छ । यस साधनमा परम्परागत विधि विधान गुरुको माध्यमबाट जानेर गर्नु नितान्त आवश्यक छ। त्रिपुरसुन्दरीको साधन नियमित रुपले जुन भाग्यवान साधकले गर्दछ उसको सर्वकार्य सिद्धिको साथै महानिर्वाण ज्ञान प्राप्त पनि गर्दछ ।

चक्र परमहंस योग सेवा आश्रमले योग्य साधकहरुलाई सत्यज्ञान तथा विज्ञानको रहस्यमय मार्गमा प्रवेश गर्न सहज हुनेछ र धर्म-अर्थ-काम-मोक्ष चारै पुरुषार्थ प्राप्त हुँदै जाने तथा मानव जन्मको पूर्ण सफलता सिद्ध हुने उदेश्यले शाक्तकौलाभिषेक वि.सं. २०७३ साल कार्त्तिक २९ गते विधिपूर्वकले श्रीयन्त्रको षडाम्नाय शाम्भव र सप्तकुलको पूजा अर्चना गरी दिइएको थियो ।