कोटि होम महायज्ञ २०५७
परमहंस आचार्य योगिराज सन्त श्रीबालकृष्णानन्द स्वामीको सदिच्छानुसार सामूहिक प्रयासबाट सार्वजनिक अभिरूचिसाथ परमहंस योग सेवाका मानव-कल्याणकारी कार्यक्रमहरू सफल पार्न एवं मानव तथा विश्वब्रह्माण्डकै कल्याणार्थ शिवशक्ति कोटिहोम महायज्ञ तथा अन्य विविध अनुष्ठानहरूको आयोजना वर्ष २०५७ माघ १६ गते श्रीपञ्चमीदेखि फागुन ७ गतेसम्म आयोजना भएको थियो । ती अनुष्ठान हुन्-
- १. शिवशक्ति कोटहोम महायज्ञ
- २. सरस्वती-पूजा
- ३. वेदपाठ
- ४. महारुद्री
- ५. पञ्चाक्षर शिवमन्त्रको पाँच करोड जप
- ६. देवीभागवत पारायण तथा प्रवचन
- ७. शिवपुराण- पारायण तथा प्रवचन
- ८. शतचण्डी
- ९. दुई हजार एकसय एक पूर्णकलशहरूको स्थापना
- १०. धान्याचल (धान्यपर्वत)
- ११. माघ २२ गते सामूहिक ब्रतवन्ध
- १२. कुमारी (कन्या) पूजा)
यी अनुष्ठानमा सबैबाट श्रद्धाभक्तिपूर्वक सहायता र सहभागिता भएको थियो । वैदिक विधिपूर्वक शास्त्रीय नियमानुसार उच्चारण गरिने वैदिक ध्वनि, स्वाहाध्वनि र मन्त्रोच्चारणपूर्वक अभिमन्त्रित जडी-बुटी, घ्यू, जौ, तिल, फल आदि विविध पवित्र पदार्थ अग्निमा होमिँदा निस्कने कल्याणकारी धूवाँको समष्टिगत प्रभावले गर्दा वायुमण्डलमा परिशोधनमूलक कम्पन हुन गई प्राणवायुको अधिकतम उत्पादन हुनुको अतिरिक्त सांस्कारिक तरङ्गहरूको निर्माण भई आध्यात्मिक सत्प्रभावको समेत सिर्जना हुन गएको थियो ।