पशुपतिनाथमा सवा करोड दिप प्रज्वलन कार्यक्रम

#
#
#
#
#

पशुपतिनाथमा सवा करोड दिप प्रज्वलन कार्यक्रम

योग र ध्यानको माध्यमले मानवमा भएका शारीरिक, मानसिक र भावनात्मक विकारहरूको निराकरण, समाजमा विध्यमान बेथिति र अराजकता निर्मूल गर्न र राष्ट्रमा भएको अशान्ति, भ्रष्टाचार हटाउने उद्देश्य सहित सद्गुरूदेव परमहंस आचार्य योगिराज बालकृष्णानन्द 'मुक्तबुद्ध ज्यूको सदिक्षा अनुरूप बि सं. २०७६ माघ १६ गते श्रीपञ्चमीको दिन बिहान ९:०० बजेदेखि ३:०० बजेसम्म पावन क्षेत्र पशुपतिको कैलाश डाँडामा जप, लक्ष होम, महारूद्राभिषेक सहितको सवा करोड दिप प्रज्ज्वलन गर्ने कार्यक्रम गरिएको थियो । उक्त दिप प्रज्ज्वलन कार्यक्रमको महत्व र शिव महिमा सम्बन्धी सद्गुरूदेवबाट योग ध्यान सहितको विशेष प्रवचन कार्यक्रम २०७६ माघ ११ गते शनिबार दिनको १२ बजेदेखि ४ बजेसम्म पशुपतिको सुमार्गी भवनमा भएको र यस पवित्र कार्य भब्यताका साथ सम्पन्न भएको थियो ।