Paramhansa YogirajBalkrishnananda
Mukta Buddha

Paramhamsa Yogiraj Achraya Balkrishnananda 'Mukta Buddha' is an enlightened master who has vast knowledge, experiences in sashtra, yoga and meditation. He is the founder of Paramhansa Yog Sewa Ashram.

ब्रह्मविद् गुरु स्वामी नारायण गिरी बाबा र सद्गुरुदेव

दिव्य तपोभूमि, थानकोट

प्राकृतिक चिकित्सा केन्द्र धन्वन्तरी बाराही,
ज्वागल, कुपण्डोल

प्राकृतिक चिकित्सा केन्द्र , धन्वन्तरी बाराही,
ज्वागल, कुपण्डोल

शाखा भैसेपाटी, सैँबु

मुख्यशाखा , तेलकोट, भक्तपुर

न्यूजिल्याण्ड शाखा, न्यूजिल्याण्ड

ईश्वरी - ईरा , वृद्ध साधना आश्रम,
तपोभुमी, थानकोट

चिन्मय शिव ब्रम्हधाम , निर्माण गुरुयोजना

ज्ञान

निरञ्जन निराकार परब्रह्म परमात्मा शाश्वत सनातन परिपूर्ण भईकन पनि असंख्य ब्रह्माण्डको रूपमा र ति ब्रह्माण्डहरुको बाहिर-भित्र पनि व्याप्त भई रहेको समस्त तत्वलाई श्रवण, मनन र निधिध्यासनद्वारा पूर्ण रुपबाट सत्यरुपले, चैतन्यरुपले व्यापकरुपले सम्यक् रुपमा बुझ्नु नै ज्ञान हो । अध्यात्मको पराकाष्ठा प्राप्त गर्नको निम्ति साधकमा हुनुपर्ने प्रथम आवश्यकता नै ज्ञान हो । यसबाट परमात्माको विषयमा सर्वत्र पूर्ण नै उही मात्र छ भन्ने भाव उदय भई त्यसमा स्थिर रहन साधक सफल हुन्छ । यसैलाई वेदान्त ज्ञान भनिन्छ।

बिज्ञान

परब्रह्म परमात्माबाट जुन सृष्टि भएको छ, त्यसको सुरुदेखि अन्त्यसम्म सम्पूर्ण रहस्यलाई बुझी त्यसको धारणा गरी अनुभवद्वारा पृथ्वीतत्वदेखि शिवतत्वको स्थितिसम्मको पूर्ण बोध गरी विशिष्ट ज्ञान गर्नु नै विज्ञान हो । जति पनि तत्व सृष्टि छ, त्यसको एक–एक रहस्यलाई बुझी त्यसको विशेष ज्ञानमा धारणाको अभ्यास गर्दै, ध्यान गर्दै समाधिको अवस्था प्राप्त गरी ३६ औँ तत्वलाई पनि पार गर्नुपर्ने हुन्छ, तब मात्र त्यस साधकको अतिमार्गमा प्रवेश हुन्छ र अतियोगद्वारा परमबोध सिद्ध हुन्छ।

अतियोग

अति मार्ग भनेको अध्यात्म जगतको सर्वोपरि मार्ग हो, जसबाट अतियोग सिद्ध हुन्छ । अतियोगलाई अति मार्ग, महामोक्ष मार्ग र महाकौल मार्ग पनि भनिन्छ । साधकले सम्पूर्ण चेतनाद्वारा यस महाकौल मार्गको ध्यान गर्नुपर्दछ जहाँ आनन्दमय परब्रह्मको जागरण हुन्छ । जुन महावेद सुत्रको प्रकाशयुक्त बीज हो । यस अतियोग ध्यानमा निरत रहने साधक नै आत्मप्रिय हो, महात्मा हो, मुनिन्द्र हो, त्यो व्यक्ति नै महावेदको ज्ञाता पनि हो । ज्ञान तथा विज्ञानको यथार्थ प्राण बनेर अतियोग नै अवस्थित छ । यो योग नै साधकहरुको परम ध्येय हो।

  Notification

सत्संग कार्यक्रम

यस हप्ताको सत्संग कार्यक्रम निम्न मिति स्थान तथा समयमा हुने जानकारी गर्दछौं ।

– थानकोट आश्रम, तपोभूमी, माटीखेल
– १२ श्रावण २०८१, शनिबार
– दिउँसाे २:३० देखि ४:०० बजे सम्म

थप जानकारीको लागी ९७६१७६७५२२, ९८४१२५९३७६ मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

हरि ॐ शिव !🙏

  Bhajan

  • 1. Sachchidananda Bhajan
  • 2. Dattatraya
  • 3. Hari Om Tatsat
  • 4. Jaya Gurudev
  • 5. Aatma Hu
Guru dev

परमहंस योगसेवा


हरि ॐ शिव । परमहंस योगसेवामा यहाँहरुलाई स्वागत छ।

सदगुरूदेवको परिचय

वि.सं. २०१० फागुन २३ मा जन्म लिनु भएको सद्गुरुदेव परमहंस आचार्य योगिराज बालकृष्णानन्द "मुक्तबुद्ध" ज्यू अतियोग सिद्ध गुरु हुनुहुन्छ। उहाँले वि.सं. २०३८ सालमा अतियोगद्वारा निर्विकल्प समाधि, अमोघ ब्रह्मज्ञान वोध गर्नुभएको हो । उहाँलाई वि.सं. २०४३ सालमा सम्पन्न धर्मसभाबाट विधिपूर्वक परमहंस आचार्य योगिराज सन्त शिरोमणि १०८ स्वामी बालकृष्णानन्द पदबाट विभूषित गरिएको हो । त्यस्तै वि.सं. २०४९ वैशाख २४ गते गोदावरी बौद्ध गुम्बामा बुद्ध धर्मका शिरोमणि झट्टेल रिन्पोछे (Chatral Sangye Dorje Rinpoche) ज्यूले “मुक्तबुद्ध" (स्वयं सिद्ध भएको बुद्ध) उपाधिबाट विभूषित गर्नुभएको हो ।

सद्गुरुदेवले विगत चार दशक देखि आफ्नो जीवन मानव मात्रको कल्याणको लागि समर्पित गर्नुभएको छ । निःस्वार्थ सेवा भाव प्रेम पूर्वक, आत्म-सुधार गर्दै मानव जन्मको मूल उद्देश्य परब्रह्म परमेश्वरको ज्ञान र विज्ञानको अनुभूति गराई यथार्थ बोध गराउन हजारौँ हजार शिष्यहरूलाई पथप्रदर्शन गर्नुभएको छ ।

सद्गुरुदेव अत्यन्तै दुर्लभ जीवित गुरुहरू मध्ये एक हुनुहुन्छ, जसले दुर्लभ र रहस्यमय ज्ञान, विज्ञान, अतियोग (जोग्चेन), राजयोग, लययोग, हठयोग, अष्टाङ्गयोग, कियायोग आदि उच्चस्तरीय साधनाका साथै कुण्डलिनी जागरण, आत्मज्ञान, ब्रह्मज्ञान आदि विषयमा शिक्षा, दीक्षा, प्रवचन एवम् प्रशिक्षण प्रदान गर्दै आउनुभएको छ ।

सद्गुरुबाट प्राप्त ब्रह्मदीक्षा सन्यासको पनि अन्तिम हो, योगको पनि अन्तिम हो, तन्त्रको पनि अन्तिम हो ।


परमहंसको योगसेवाको परिचय

परमहंस आचार्य योगिराज सद्गुरुदेव बालकृष्णानन्द “मुक्तबुद्ध" ज्यूको संस्थापक संरक्षकत्वमा वि.सं. २०४६ सालमा परमहंस योगसेवाको स्थापना भएको हो । परमहंस योगसेवा ललितपुर मा.न.पा. १० ज्वागलमा केन्द्रीय कार्यालय रहेको गैर नाफामूलक आध्यात्मिक संस्था हो । नेपालमा तेलकोटमा मुख्य शाखा, थानकोटमा तपोभूमी, भैंसेपाटीमा शाखा रहेको र अन्तर्राष्ट्रिय स्तरमा न्यूजील्याण्ड र संयुक्त राज्य अमेरिका सम्म फैलिएको छ ।

ब्रह्मविद् गुरु स्वामी नारायण गिरी बाबाको असीम कृपा र इच्छा बमोजिम यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान तथा समाधिको साधनाद्वारा शारीरिक, मानसिक, भावनात्मक विकारहरू निवारण गरी मानवलाई आत्मज्ञान तथा ब्रह्मज्ञान दिँदै मानवभित्र भएको सृष्टिको रहस्यमय बाह्र चक्रको विज्ञान वोध गराउँदै क्रमयोगका साथै अतियोगद्वारा महामोक्ष (परमबोध) गराउने उद्देश्यका साथ यस आश्रमको स्थापना भएको हो ।

उदारता, निष्पक्षता, धैर्यता र विनम्रता जस्ता गुणहरू फैलिएको ठाउँमा साँचो मानवताको दर्शन हुन्छ भन्ने मान्यतालाई स्थापित गर्दै यो संस्था वैदिक सनातन धर्मद्वारा आध्यात्मिक ज्ञानका साथै जीवनयापनको विज्ञानको सम्बन्धमा मानिसहरूलाई विशुद्ध सेवा प्रदान गर्नमा समर्पित छ ।

  • #
  • #
  • #
  • #
  • #
  • #
  • #
  • #
# # # # # # # #

  Video

Balkrishna mukta buddha gurudev

Gurumurti Telkot


Guru dev

आश्रमको गतिविधि

शनिवारको नियमित प्रवचन

यस संस्थाका केन्द्रिय कार्यालय तथा शाखा कार्यालाहरू रहेका स्थानहरू ज्वागल, थानकोट, तेलकोट र सैँबु भैसेपाटीमा सद्गुरुदेव परमहंस आचार्य स्वामी बालकृष्णानन्द ‘मुक्तबुद्ध’ज्यूद्वारा हरेक शनिवार नियमित रूपमा प्रवचन सत्सङ्ग, भजन र आरती हुने गर्दछ ।

पर्व विशेष प्रवचन तथा साधना

गुरुपूर्णिमा, कृष्ण जन्माष्टमी, दुर्गा पूजा साधना, लक्ष्मीपूजा साधना, दत्तात्रेय जयन्ति, शिवरात्री, गुरुजन्मोत्सव, संस्थाको स्थापना दिवस र ग्रह शान्ति पूजाहरू तोकिएको तिथी एवं दिनमा विशेष कार्यक्रमका साथ सद्गुरुदेवद्वारा प्रवचन एवं साधना शिविर संचालन हुने गर्दछ ।

ग्रह शान्ति पूजा

धेरै प्रयासका गर्दा पनि सफलता प्राप्त गर्न सकिएको छैन, रोगव्याधिले सताई रहेको छ, बाधा अड्चनहरू आईरहेका छन् र शान्तिपुर्वक जीवन जीउन कठिनाई भईरहेको छ भने तपाँईको जन्म कुण्डली (जन्म मिति, समय र स्थान) मा रहेका ग्रह दोषको प्रभाव हुन सक्छ।

प्राकृतिक चिकित्सा

अन्य चिकित्सा विधिबाट उपचार गर्दा निरास वा रोग निको नभइ हैरान भएका बिरामीहरुका लागि यस संस्थाका संरक्षक सदगुरूदेव को विशेष परामर्श तथा रेखदेखमा दक्ष चिकित्सकहरूद्वारा प्राकृतिक चिकित्साका आधुनिक र प्राचिनतम अनेक विधिहरूबाट उपचार गर्ने गरिएकोमा हाल महामारी पछिको समयका लागि स्थगित गरिएको छ ।

योग तथा ध्यान कक्षा तथा शिविर

यस संस्थाका विभिन्न शाखा आश्रमहरूमा नियमित रूपमा दैनिक योगासन तथा रोगानुसारका विशेष योगासन प्रशिक्षण तथा शिविरहरू संचालन भइरहेका छन् । ध्यान कक्षाहरु विशेष मुहुर्त, तिथी र पर्वहरू लक्षित गरी नयाँ र पुराना साधकहरुको लागि छुट्टा छुट्टै संचालन भइरहेको छ ।

ज्योतिष परामर्श सेवा

विशेषज्ञ ज्योतिषज्यूहरूवाट जन्म कुण्डली हेरि आवश्यक सल्लाह र सुझाव दिईनुका साथै यस संस्थावाट संचालन हुने ग्रहशान्ति पूजा लगायत आवश्यक सबै प्रकारको परामर्थ सेवा उपलब्ध गराइँदै आएको छ।

                            

आवास सुविधा सहितको साधना

एकै पटकमा ४० जनालाई आवास सुविधा सहितको - ३ दिने, ७ दिने र १ महिनाको साधना - (योग तथा ध्यान) शिविर संचालन भइरहेको छ जसमा सहभागि हुनेले तोकिएको न्यूनतम शुल्क तिर्नु पर्दछ भने केहि सिट विपन्न वर्गका लागि निःशुल्क प्रवेशको समेत व्यवस्था गर्ने गरिएको छ।

शास्त्रोक्त विधि अनुसार दीक्षा

साधना गर्न इच्छुक र जिज्ञासु नयाँ तथा पुराना साधकहरूलाई गुरु परपरामा आधारित विविध लाइनको शास्त्रोक्त विधि पुर्वकको दीक्षा दिइ सनातन सत्य धर्मको प्रचार प्रसार गरी मानव कल्याणको कार्य निरन्तर गर्ने गरिएको छ।

विशेष साधना तथा अभिषेक

दीक्षित साधकहरूको साधनाको उचाईको मुल्याङ्कन गरी अझै उच्च स्तरको साधना गर्न नभै नहुने शास्त्रोक्त विधिपुर्वकका पुर्णाभिषेक, शाक्ताभिषेक, कौलाभिषेक आदि विशेष साधनाहरू संचालन भै सकेका छन् भने त्यस्तो आवश्यकता महशुस भएमा भविष्यमा पनि संचालन गर्न सकिनेछ।

वृद्ध साधना आश्रम सञ्चालन

सद्गुरूदेवबाट दिक्षा लिएका र ५० बर्ष उमेर पुगेका साधकहरूको लागि खान र बस्नको उचित प्रवन्ध भएको ईश्वरी ईरा बृद्ध साधना आश्रम संचालनमा रहेको र जम्मा एकै पटक २५ जना सम्म सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ । उक्त साधना आश्रममा निश्चित कार्यतालिका बमोजिमका कृयाकलाप संचालन हुनुका साथै स्वेच्छिक आश्रमको सेवा गर्न चाहानेहरूका लागि समेत कार्यक्रम समावेश गरिएको छ ।

सदस्यता वितरण

१६ वर्ष उमेर पुगेका इच्छुक नेपाली नागरिकहरूले रित पुर्वकको निवेदन तथा तोकिएको शुल्क तिरी संस्थाको सदस्यता लिन सक्ने व्यवस्था गरिएको छ । संस्थाको सदस्यताका प्रकारहरू तपशिल वमोजिम रहेका छन्ः १. साधारण सदस्य २. आजीवन सदस्य ३. विशिष्ट सदस्य ४. श्रेयष्कर सदस्य ५. मानार्थ सदस्य

प्रकाशन

विगत तीन दशक देखि व्यक्ति, समाज र राष्ट्रको आध्यात्मिक जागृतिका लागि कार्यरत परमहंस योग सेवा संस्थाले समाजमा सनातन ज्ञानको जागरणको निम्ति नियमित रूपमा पत्रपत्रिका प्रकाशन गर्दै आईरहेको छ। यस आश्रमबाट चौमासिक रुपमा निस्किने पत्रिकामा प्राकृतिक उपचार, योग, शास्त्रिय मतहरुका बारेमा आलेख र विशेषत: सद्गुरुदेवबाट आध्यात्मिक जागरणका लागी प्रेरणादायी लेखबाट आगम-निगममा रहस्यपूर्ण ज्ञानहरूको उजागर भैरहेको छ।

आयोजनाहरू

#

समय समयमा यस योग सेवाबाट गरेका कार्यहरु

सद्गुरुदेव अत्यन्तै दुर्लभ जीवित गुरुहरू मध्ये एक हुनुहुन्छ, जसले दुर्लभ र रहस्यमय ज्ञान, विज्ञान, अतियोग (जोग्चेन), राजयोग, लययोग, हठयोग, अष्टाङ्गयोग, कियायोग आदि उच्चस्तरीय साधनाका साथै कुण्डलिनी जागरण, आत्मज्ञान, ब्रह्मज्ञान, यज्ञ, अनुष्ठान आदि विषयमा शिक्षा, दीक्षा, प्रवचन एवम् प्रशिक्षण प्रदान गर्दै आउनुभएको छ । सद्गुरुदेवको सदिच्छानुसार सामूहिक प्रयासबाट सार्वजनिक अभिरूचिसाथ परमहंस योग सेवाद्वारा समय समयमा गरेका मानव-कल्याणकारी कार्यक्रमहरू यहाँ पद्नुहोस |

#

पशुपतिनाथमा सवा करोड दिप प्रज्वलन

२०७६ माघ १६

योग र ध्यानको माध्यमले मानवमा भएका शारीरिक, मानसिक र भावनात्मक विकारहरूको निराकरण, समाजमा विध्यमान बेथिति र अराजकता निर्मूल गर्न र राष्ट्रमा भएको अशान्ति, भ्रष्टाचार हटाउने उद्देश्य सहित सद्गुरूदेव परमहंस आचार्य योगिराज बालकृष्णानन्द 'मुक्तबुद्ध ज्यूको सदिक्षा अनुरूप ...

#

दिव्य महापुर्णाभिषेक

२०७२ मंसिर ७

कुनै पनि साधकले पूर्णत्व सिद्ध गर्नको निम्ति विभिन्न अभिषेक विधिहरुको चलन शास्त्रमा छ । जसरी एक कक्षाबाट विद्यावारिधि परीक्षा पास गर्दै अगाडि बढेर विद्यावारिधि गरिन्छ । त्यस्तै अध्यात्म जगत्मा पूर्णज्ञान, विज्ञान सम्मत ज्ञान प्राप्त गर्नको निम्ति साधकलाई साधना मार्गबाट अगाडि बढाउनको लागि अभिषेक परम्पराको चलन आएको पाइन्छ ।

#

शिव पुराण सम्पन्न

२०६५ मार्ग १०

परमहंस योगसेवा गोपालेश्वर फर्पिङ शाखाले हरिशयनी एकादशीका दिनबाट आयोजना गरेको शिवपुराणको चर्तुमास भरी वाचन गर्दै हरिबोधनि एकादशिका दिन समापन गरियो । परमहंस योगसेवा कार्य समितिका सदस्य श्री महेश्वर आचार्यले वाचन गर्नु भएको उक्त पुराणको समापन (साङ्गे) कार्यक्रम २०६५ माघ १० गते आयोजना गरियो ।

#

देवी भागवत पुराण

२०६५ मार्ग १९

स्ववोध साधन सत्सङ्ग ॐ आनन्द सैँबु र परमहंसयोग सेवाको संयुक्त आयोजनामा खोकना स्थित सिद्धकाली मन्दिरमा हरिशयनि एकादशी देखि प्रारम्भ गरिएको देवीभागवत पुराण हरिबोधनी एकादशीका दिन समाप्त गरी २०६५/८/१९ का दिन समापन (साङ्गे) कार्यक्रमको आयोजना गरियो ।

#

उच्च ज्ञानयोग प्रशिक्षण

२०६५ मार्ग ५

योगसेवा द्वारा पहिलो चरणमा प्रदान गरिएको 'प्रारम्भिक ज्ञानयोग' विषयक प्रशिक्षाण प्राप्त गरी दोस्रो चरणको 'उच्च ज्ञान योग' विषयक प्रशिक्षणका लागि प्रतिक्षारत साधक महानु भावहरुको विशेष अनुरोध र योगसेवाको वार्षिक कार्यक्रम अनुसार उच्चज्ञान योगको प्ररिक्षण संचालन गर्न सद्गुरुदेव सँग प्रस्ताव गर्दा २०६५ माघ ५ गते देखि ३ हप्ता सो तालीम संचालन गर्ने निर्देशन भए बमोजिम उक्त मिति देखि उपरोक्त तालीम संचालन गरियो।

#

श्रीमद्भागवत महायज्ञ पितृउद्धार कार्यक्रम

२०६४ कार्तिक १३

सनातन धर्मको पालन, संरक्षण र सम्बर्द्धन गर्दै समस्त जीव जीवनको कल्याणार्थ तथा काल अकाल सकल प्रकारको परलोक भएका पितृ वर्गको उद्धार हेतु परमहंस योगसेवाका प्रमुख एवं संस्थापक संरक्षण परमहंस योगिराज स्वामी श्री बालकृष्णानन्द "मुक्तबुद्ध" ज्यूको सदिच्छा अनुसार न्यूजिल्याण्ड निवासी यस संस्थाका साधक श्री गणेश तथा .....

#

श्री दत्तात्रेय मूर्तिस्थापना

२०६३ फागुन १७

परम पूज्य सद्गुरूदेव परमहंस योगीराज स्वामी बालकृष्णानन्द "मुक्तबुद्ध" ज्यूको असीम कृपाले बि. सं २०६३ साल फागुन शुल्क पक्ष त्रयोदशीका (१७ गते) दिन भगवान् दत्तात्रयको तीन मूखी सात फिट अग्लो धातुको मूर्ति ज्वालपादेवीको नगरकोट गा.वि.स. वडा १ तेलकोट, (भक्तपुर जिल्ला) मन्दिर परिसरमा बिधिपूर्वक स्थापना भएको थियो ।

#

कोटि होम महायज्ञ

२०५७ माघ १६

परमहंस आचार्य योगिराज सन्त श्रीबालकृष्णानन्द स्वामीको सदिच्छानुसार सामूहिक प्रयासबाट सार्वजनिक अभिरूचिसाथ परमहंस योग सेवाका मानव-कल्याणकारी कार्यक्रमहरू सफल पार्न एवं मानव तथा विश्वब्रह्माण्डकै कल्याणार्थ शिवशक्ति कोटिहोम महायज्ञ तथा अन्य विविध अनुष्ठानहरूको आयोजना वर्ष २०५७ माघ १६ गते श्रीपञ्चमीदेखि फागुन ७ गतेसम्म आयोजना भएको थियो ।